सत्ता गठबन्धनमा ओली–देउवाको सुटुक्क भेटघाटले भाँडभैलो,प्रचण्ड नेतृत्वको सरकार ढाल्ने यस्तो तयारी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालकोटमा सुटुक्क भेटवार्ता भएपछि सत्तागठबन्धनमा भाँडभैलो मचिएकाे छ।  

सत्ता सठबन्धन फुटाउने अन्तिम प्रयत्न गरि रहेका ओलीले देउवालाइ उपनिर्वाचनमा एक कर्कालाइ सहयोग गरेर रवि–स्वर्णिम हराउने सहमति गर्न भेटघाट गरेका थियो।

सभामुख देबराज घिमिरेलाइ परिचालन गरेर अध्यक्ष ओलीले सभापति देउवालाइ भट्ने अवसर जुराएका थिए। काँग्रेस भित्रका अन्य नेताहरूलाइ थाहा नदिइ बालकोट पुगेका देउवाले सहमति भने गर्न पाएका थिएनन्।

ओली–देउवा मिल्दा काँग्रेस भित्र भाँडभैलो मचिए पछि सहमति मत्रमा हस्ताक्षर नगरे देउवा फर्किएका थियो। पार्टीका नेताहरूको दबाब खेप्न नसकेर देउवा ओलीसँग केही पनि सहमति गर्न नपाएर बाहिरिएका थिए।

पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शार्मालगाएतलाइ थाहै नदिएर सटुक्क पार्टीका दुइ नेता मिनेन्द्र रिजाल र राजेन्द्र बजगाइ लिएर बालकोट पुगेका देउवा अन्तत खालि हात ओली लनिबासबाट बहिरिएका थिए।

देउवा जसरी भएपनि प्रधानमन्त्री बन्ने दाउमा कसिएर लागि पेरका छन्। पुष १० गते प्रचण्डले गठबन्धन फेरेर प्रधानमन्त्री भएपछि देउवा सत्ताचुयूत भएका थिए।

काँग्रेसका दुइ नेता बोकेर बालकोट पुगेका सभापति देउवाले ओलीलाइ उपनिर्वाचनमा सहमति गराै भनेर पत्रसहित ओली निवास पुगेका थिए।

तर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले ओली भेट्न बालकोट पुगेपछि देउवा र ओलीको वार्ता रोकिएको थियो।

त्यही मौकामा काँग्रेस भित्र चलखेल चलेपछि देउवा र ओलीबीचको वार्ता अन्तिम टुगोंमा नपुग्दै अन्तत भंगभएको थियो।

उपनिर्वाचनमा एमालेसँग तालमेल गर्ने विषयमा काँग्रेस भित्रैका नेताहरूको मतबाजिएपछि ओली र देउवाको सहमतिको गाठो कसिन पाएन्।

पार्टी भित्रका दुइ महामन्त्रीसँग छलफल नै नगरि देउवा बालकोट पुगेपछि सत्ता गठबन्धन नै भत्तकिने सम्भावना बलियो भएको थियो।

त्यस्तै उपसभापति पूर्णबहादुर खड्काले देउवाको प्रतिवाद गरेपछि पार्टी भित्रका नेताहरूको साथ नपाउने पक्का भएपछि देउवा ओलीसँग गरेको सहमतिबाट पछि हट्न बाध्य भएका थिए।

त्यसपछि सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन क्षेत्रमै पुगेर आफ्ना उम्मेदवारलाइ जिताउन भोट माग्न थालेका छन्।

केही समय अगाडी मात्र शेरबहादुर देउवाले एउटा कार्यक्रमलाइ सम्बोधन गर्ने कम्रमा अब छिटै नेपाली काँग्रसको नेतृत्वमा सरकार बन्ने बताएका थिए।

त्यही मौका हेरि रहेका ओलीले अहिले देउवासँग हिमचिम बढाउने प्रयत्न गरिरहेका छन्। काँग्रेसका नेताहरूले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि काम गर्न सजिलो हुने बताउदै आएका छन्।

अहिले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएका कारण जनताको पक्षमा काम गर्न नपाएको काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा बताएका थिए।

अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न नसकेको भन्दै उहाँले नयाँ सरकार बन्ने संकेत गर्दै भन्नुभयो,आज हाम्रो पार्टी सरकारमा छ।सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना हाम्रो पनि छ।

अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ। हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ।

गठबन्धन नभई सरकार बन्दै बन्दैन। गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ उनले भने।