जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप

फाइल तस्वीर

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन्।

बारा क्षेत्र न.२ मा भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन्।

उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए। जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ।

जनमतले शनिबार नै बुथ कब्जा हुनेबारे जानकारी पाएको पनि जनाएको थियो। सोबारे प्रहरीलाई जानकारी दिँदा कुनै सुनुवाइ नभएको बताइएको थियो । यद्यपि उता प्रहरी प्रशासनले भने बुथ कब्जा नभएको जनाएको छ।