एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ

फाइल फाेटाे

काठमाडौं । एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।प्रहरीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले रायमाझीलाई नक्कली भूटानी सरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा सामेल देखिएपछि पक्राउ पूर्जी जारी गरेको थियो।बुधबार नै प्रहरीले उनका छोरा सन्दीपलाई पनि पक्राउ गरिसकेको छ।

सोही प्रकरणमा सामेल देखिएका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्द पनि पक्राउ पूर्जी जारी गरि खोजी जारी राखिएको छ । तर उनी पक्राउ पर्न सकेका छैनन्।

यस्तैगरी सोही प्रकरणमा सचिव टेकनारायण पाण्डे र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई यसअघि नै पक्राउ गरिसकेको छ।