ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको आदेश

फाइल तस्वीर

काठमाडौं। सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।

ढाकाकुमारले रास्वपाको कारबाहीमा परी सांसद पद गुमाएका थिए। त्यसपछि उनले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए।