कांग्रेस बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने बारे छलफल

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको छ।

बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए।

छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।

तर बैठकमा सहमति नजुटेपछि पुनः बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो । बुधबारको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका स्रोतको दाबी छ।

यद्यपि बिहीबार यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको हो।