बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापार बनायो: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गरे।

उनले भने, १५ वर्षसम्म हामीले हेर्‍यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो।

शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो। तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो। बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन।

उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पारे। उनले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी हो,यो लुटेराहरुको शताब्दी हुन सक्दैन। यो हाम्रो चुनौती छ। युवाहरुमा वितृष्णा र निराशा छ।

उनले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताए।

‘आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्नपर्नु र सामान्य नागरिकले पढ्न नपाउने जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ।उनले भने।

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताए।