ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं। रौतहटमा ज्यान मुद्दाका एक फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले फरार अभियुक्त साबिक प्रतापपुर पाल्टुवा ६ का ९हाल गुजरा ६ बस्ने० ४५ वर्षीय शेख अलाउदिनलाई पक्राउ गरेको हो। शेखलाई प्रहरीले गरुडा ४ बाट पक्राउ गरेको हो।

उनीमाथि २०६६ साल पुस ८ गते राति कटहरीया ६ का शेख फौजदारकी श्रीमती ६५ वर्षीय मजबुनिया शेखिनको हत्या गरेको आरोप लागेको छ।

शेखिनको हत्यामा बच्चाबाबु भन्ने भन्ने शेख सराजुल पनि सहभागी भएको प्रहरीको भनाई छ। अर्का अभियुक्त शेख बच्चाबाबु भने अदालतबाट धरौटीमा छुटिसकेका छन्।