नयाँ स्टक एक्स्चेन्ज र धितोपत्र दलाल व्यवसायीको अनुमति प्रक्रियामा अर्थ समितिको गम्भिर चासो,अनुमति प्रक्रियाको विस्तृत अध्ययन गर्दै

काठमाडौं।व्यवस्थापिका संसदको अर्थ समितिले, नेपाल धितोपत्र बोर्डद्वारा अगाडि बढाइएको नयाँ स्टक एक्स्चेन्ज र धितोपत्र दलाल व्यवसायीको अनुमति प्रक्रियामा गम्भिर चासो देखाएको छ।

अर्थ समितिले दिएको निर्देशनको धज्जी उडाउदै धितोपत्र बोर्डले अनुमति प्रक्रिया अगाडि बढाएपछि समितिले निर्णय प्रक्रियामा चासो देखाएको हो।

नयाँ लाइसेन्स वितरणको आवश्यकता र औचित्य पुुष्टी गर्ने प-र्याप्त आधार बिनानै आर्थिक प्रभावमा परेर नितिगतरुपमा चलखेल गरी धितोपत्र बोर्डका पदाधिकारीहरुले अनुमति प्रक्रिया अगाडि बढाएका थिए।

सो सम्बन्धमा भएका निर्णय तथा कामकारबाहिमा विभिन्न तवरले आर्थिक चलखेल भएको आधारसहित समितिका सदस्य, सरोकारवाला र सञ्चारमाध्यमले प्रश्न उठाएपछि अर्थ समितिले छानबिनका लागि अध्ययन थालेको छ।

धितोपत्र दलाल व्यवसायीको अनुमति प्रक्रियाको आशयपत्र जारी गर्दा धितोपत्र बोर्डले आफैले तय गरेको मापदण्ड समेत कुुल्चिएको देखीएको छ।

मापदण्ड पुरा नगरेका कम्पनी, स्वास्र्थ बाझिने समुुह, कानुनि दायरामा आएका व्याक्ति तथा समुह सम्बन्द्ध दलाल व्यवसायीलाई आशयपत्र जारी गरी धितोपत्र बोर्डका अध्यक्ष तथा पदाधिकारीहरुले ठुलो मात्रामा आर्थिक चलखेल गरेको अर्थ समितिका सदस्यहरुको दाबि रहेको छ।

समितिले दिएको निर्देशनको पालना नगरि धितोपत्र बोर्डले अनुमतिपत्र अगाडि बढाउने निर्णय लिनु, कानुुनि राज्यको उपहास भएको,साथै धितोपत्र बोर्डले निर्देशनको गम्भिर उल्लंघन गरेको हुदाँ निर्णय प्रक्रियामा सहभागी भएका बोर्डका अध्यक्ष, पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरुसमेत अर्थ समितिको कारबाहिको दायरामा आउने देखीएको छ।

व्यवस्थापिका संसदको अर्थ समितिले, नेपाल धितोपत्र बोर्डद्वारा अगाडि बढाइएको नयाँ स्टक एक्स्चेन्ज र धितोपत्र दलाल व्यवसायीको अनुमति प्रक्रियामा गम्भिर चासो देखाएको छ।

अर्थ समितिले दिएको निर्देशनको धज्जी उडाउदै धितोपत्र बोर्डले अनुमति प्रक्रिया अगाडि बढाएपछि समितिले निर्णय प्रक्रियामा चासो देखाएको हो।

नयाँ लाइसेन्स वितरणको आवश्यकता र औचित्य पुुष्टी गर्ने प¥र्याप्त आधार बिनानै आर्थिक प्रभावमा परेर नितिगतरुपमा चलखेल गरी धितोपत्र बोर्डका पदाधिकारीहरुले अनुमति प्रक्रिया अगाडि बढाएका थिए।

सो सम्बन्धमा भएका निर्णय तथा कामकारबाहिमा विभिन्न तवरले आर्थिक चलखेल भएको आधारसहित समितिका सदस्य, सरोकारवाला र सञ्चारमाध्यमले प्रश्न उठाएपछि अर्थ समितिले छानबिनका लागि अध्ययन थालेको छ ।

धितोपत्र दलाल व्यवसायीको अनुमति प्रक्रियाको आशयपत्र जारी गर्दा धितोपत्र बोर्डले आफैले तय गरेको मापदण्ड समेत कुुल्चिएको देखीएको छ।

मापदण्ड पुरा नगरेका कम्पनी, स्वास्र्थ बाझिने समुुह, कानुनि दायरामा आएका व्याक्ति तथा समुह सम्बन्द्ध दलाल व्यवसायीलाई आशयपत्र जारी गरी धितोपत्र बोर्डका अध्यक्ष तथा पदाधिकारीहरुले ठुलो मात्रामा आर्थिक चलखेल गरेको अर्थ समितिका सदस्यहरुको दाबि रहेको छ।

समितिले दिएको निर्देशनको पालना नगरि धितोपत्र बोर्डले अनुमतिपत्र अगाडि बढाउने निर्णय लिनु, कानुुनि राज्यको उपहास भएको,साथै धितोपत्र बोर्डले निर्देशनको गम्भिर उल्लंघन गरेको हुदाँ निर्णय प्रक्रियामा सहभागी भएका बोर्डका अध्यक्ष,पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरुसमेत अर्थ समितिको कारबाहिको दायरामा आउने देखीएको छ।