मुगुमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।छायाँनाथ रारा नगरपालिका–१४ बाम भन्ने स्थानमा आइतबार राती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाँदै गरेको ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको स्थानीयले बताएका छन्।

मृत्यु हुनेमा ३० वर्षीय चालक काशिलाल बडुवाल र २० वर्षीय सहचालक शिव बडुवाल रहेका छन्।

राति भएको दुर्घटनाबारे बिहानै मात्र थाहा भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।