देशमा पहिला राजनीति सफा नगरी परिवर्तन हुँदैन : गृहमन्त्री श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको बताएका छन्। उनले राजनीतिक विकृतिलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको समेत बताए।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताए।

उनले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गरे। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गरे।

गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गरे । उनले विकास, विज्ञान र संस्कृतिलाई सँगसँगै अघि लानुपर्ने समेत बताए।