मन्त्रालयको नेतृत्वलाई चुनौतीको रुपमा होइन अवसरको रूपमा लिईको छु:आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डे

काठमाडाैं। २५ बर्षको उमेरमा २०६४ सालको संविधानसभा चुनाबमा उम्मेदवार बन्नु भएका सन्तोष कुमार पाण्डे २०७७/२०७८ सालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व सम्हाली सक्नु भएको छ।

अहिले भने लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको नेतृत्व गरिरहनु भएको छ।पुख्र्यौली जग्गाजमिन प्रशस्त भए पनि उहाँलाई धन सम्पति प्रति कुनै मोह र लालच नभएको उहाँ बताउनु हुन्छ।

आम नागरिकको दुःख ,पीडा दैनिक समस्याले केही गर्नु पर्दछ भन्ने हुट्हुट्टिले राजनीतिमा लागेको बताउनु हुन्छ। अहिले सम्म अविवाहित रहनुभएका पाण्डे सामन्य शाकाहारी भोजन गर्ने साधारण जीवन बिताउन मन पर्ने व्यक्ति हुनुहुन्छ।

पटक पटक राजनीतिक नेतृत्वले जनतालाइ धोका दिएकोले व्यवस्था बदलिए पनि जनताको अवस्था वदलिन नसकेकोमा चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ। तर पनि ईमानदार र जनता प्रति जवाफदेहि बन्न सके राजनीति सफा हुने र केही परिवर्तनको अनुभुती दिलाउन सकिने उहाँको आत्मविश्वास रहेकाे छ।

१-भर्खर मात्र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको नेतृत्व लिनुभएको छ यसलाई चुनौती या अवसर कसरी लिनुभएको छ ?

मैले चुनौतीको रुपमा लिएको छैन यो मेरो लागि अवसर हो किनकि मैले केही काम गरेर देखाउनु छ। प्रदेशको हर कुना काप्चा बस्ने नागरिकले केही राहातको महसुस गर्न सकोस् हामीले बनाउने योजनाले दुःखी, गरीब किसान मजदुरको चुल्होमा , अँगनमा परिवर्तनको अनुभुति ल्याउन सकियोस् भन्ने चाहाना हो।

२- आम नागरिक स्थानीय सरकार सँग प्रत्यक्ष जोडिने भएको हुँदा प्रदेश सरकार सँगको सम्बन्ध अथवा पहुँच कसरी स्थापित गर्ने सकिन्छ?

हो प्रत्यक्ष रुपमा जनताले सेवा लिने भनेको स्थानीय सरकारबाट हो ।तर पनि नीति तथा कार्यक्रम बनाउने प्रदेश सरकारले हो। निति तथा कार्यक्रममा जनताको भवना नुसार आवस्यकता ,चाहाना गाँस, बास कपास,शिक्षा ,स्वास्थ रोजगारी शान्ति सुरक्षा जस्ता गम्भीर विषयको संवोधन प्रदेश सरकारबाट हुन जरुरी छ र त्यो हामी गरेर देखाउने छौ।

३- प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ , आर्कषक र महत्त्वकांक्षी कार्यक्रम जस्तो देखिन्छ के व्यवहारमा लागू हुन सक्छ ?

अवश्य पनि योजनामा कृषि , पर्यटन , स्व( रोजगार , जडिबुटी पर्वद्न जसता बिषयलाई महत्त्व दिएका छौ । यी बिषय जनतासँग प्रत्यक्ष जोडिएको र सरोकार राख्ने क्षेत्र भएको हुँदा किसानले समयमा बिउँबिजन र मल पाउनु परर्यो । उत्पादनलाई सहि मुल्य उचित व्यवस्थापन गर्ने सरकारको दायित्व हो हामी गर्छै।विभिन्न सिपमुलक तालिम साथै लुम्बिनी प्रदेश पर्याटकिय हिसाबले मनि महत्त्वपूर्ण गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र सुरक्षित घुमघाम र बसोबास को व्यवस्था गर्न सकियो भने आर्थिक रुपमा बलियो आधार बन्न सक्दछ त्यसको लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ।

४- प्रदेश संरचनाको कारण आर्थिक संकट बढेको हो भन्ने एकथरीको बुझाई छ यसमा कत्तिको सत्यता छ ?

यसमा कुनै पनि सत्याता छैन खासगरी कोरोना पछि विकसित देशहरू पनि आर्थिक संकटबाट गुज्रिएको अवस्था छ भने हामी जस्तो विकासउन्मुख देश प्रभावित हुनु स्वभाविक हो। तर पनि नेपाली जनता महान छन् जस्तो पनि संकटको समाना गर्ने क्षमता राख्दछन। पर्यटन , व्यापार व्यवसाय घाटामा जानु जसको असर आर्थिक क्षेत्रमा अहिलेसम्म देखिएको छ। प्रदेश संरचना जनाताको जीवन सँग प्रत्येक्ष जोडिनको लागि हो ।एकात्मक राज्य प्राणीले त लामो समय सम्म जनताको न्युनतम आवश्यता पूरा गर्न सकेन हुने खाने वर्गको जसको पहँुच छ उसको मात्र भयो । आम नागरिकको समस्य संवोधन हुन सकेन । संघीय संरचना कसैले दान दक्षिणामा दिएको व्यवस्था होईन यसको लागि हजारौ शहीदको रगत बगेको छ ।शहिदको सपना जोडिएको छ । जसले प्रदेश संरचनाबाट लाभ लिएको छ उसैले विरोध गर्नुको कुनै तुक छैन । हो व्यवहारिक रुपमा केही समस्य होला त्यासलाई हामीले हल गर्छौ ।जनतालाई सरकार हाम्रो हो भन्ने अनुभुती दिने छौँ।

५-शान्ति, सुरक्षा, सुशासन र संचारको क्षेत्रमा कस्तो योजान छ मन्त्रालयको ?

हरेक नगरिकले सुरक्षित जीवनयापन गर्न पउनु उसको अधिकार हो ।शान्ति, सुरक्षा र सुशासन कायम राख्नु प्रदेश सरकारको दायित्वको हो यसमा हाम्रो सबै निकाय चुस्त दुरुस्त परिचालन हुने छ। जनाताले राज्य छ है भन्ने अनुभुती गराउन हामी प्रतिबद्ध छौ ।लुम्बिनी प्रदेश सरकार संचारमैत्री हुने छ ।संचार क्षेत्रसँग समन्वय गर्ने छ । सरकारले गरेको राम्रो कामको हौसला दिने र गलतकाम को खबरदारी गर्ने गरि सरकार लाई सचेत बनाईराख्न पनि म सरकारको तर्फबाट आव्हान गर्न चाहान्छु।

६- अन्त्यामा लुम्बिनी प्रदेशवासीलाई के भन्न चाहानुहुन्छ ?

भर्खर मात्र निति तथा कार्यक्रम सार्वजनिक गरेका छौ लाग्छ आम नगरिकका समस्यालाई संवोधन हुने गरि योजना बनाएका छौ अब यसलाई व्यवहारिक रुपमा लागू गर्न हामी ईमानदार भएर बिशेश गरि म र मेरो मन्त्रालयको तर्फबाट लागि रहनेछु। मलाई अरु धेरै कुरा गर्नु छैन काम गरेर देखाउने हो । जहिले आम नगरिकको दुस्ख ,पीडा र समस्यामा थोरै भएपनि मल्हम लगाउन सकिन्छ बल्ल मात्र हामीले राजनीति गरेको सार्थकता रहने छ।