संसदीय सुनुवाइ समितिको बैठक सुरु, प्रस्तावित प्रधानन्यायाधीश कार्की जवाफ दिन पुगे

काठमाडौं। संसदीय सुनवाइ समितिको बैठक सुरु भएको छ। समितिमा प्रस्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि सिंहदरबार पुगेका छन्।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो।

लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ।

उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।