माओवादी भित्र रुपान्तरण हुन आवश्यक: नारायणकाजी श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एंवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीलाई रूपान्तरण र पुनर्गठनको आवश्यकता औँल्याएका छन्।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका उनले माओवादी केन्द्रमा रुपान्तरणको आवश्यकता औल्याएका हुन्। काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा उनले यस्तो बताए।

सरकार सफल नबनाई पार्टी सफल हुन नसक्ने उल्लेख गर्दै उनले सरकारको कामसँग पार्टीलाई जोडेर पार्टी पुन निर्माणको काम पनि अगाडि बढाउनुपर्ने बताए।

पार्टीका कमिटीहरूलाई ग्रास रुटसम्म पुगेर सुझाव संकलन गर्न निर्देशन भइसकेको बताउँदै उनले केही समयपछि बस्ने केन्द्रीय कमिटी बैठकमा सो बारे छलफल हुने बताए।

पार्टी नेतृत्व पङ्क्तिले समीक्षा र आत्म समीक्षा गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको श्रेष्ठको भनाई छ।