ललितपुरमा बस दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बसमा २४ जना सवार थिए। २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ। घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ।

बसका सुजन नाम गरेका २४ वर्षीय चालकसमेत घाइते भएर अस्पतालमा भर्ना भएका छन्। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीले जनाएको छ।