तामाङ पत्रकार संघ चितवनले आयोजना गरेको तामाङ भाषा प्रशिक्षण भव्यरुपमा सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन।तामाङ पत्रकार संघ चितवनको आयोजनामा सात दिने तामाङ भाषा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति भरतपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले यो भाषा संस्कृतिको जगेर्नामा कोसेढुंगा साबित भएको र नेपाली भाषी पत्रकारद्वय सूर्य प्रकाश कँडेल, प्रेम प्रसाद कँडेल र हिमाल कँडेल दाजुभाइ समेत समावेश भइ तामाङ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा खुसी लागेको बताउँदै आगामी दिनमा महानगरबाट सक्रिय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले यो चितवन जिल्लामा पहिलो पटक तामाङ भाषा प्रशिक्षण कार्यक्रमको आयोजना गरी सम्पूर्ण तामाङ जातिले आफ्नो मातृभाषाको विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए र महानगरका उप-प्रमुख चित्रसेन अधिकारी र मत्स्य व्यवसायी संघ चितवनका सचिव लुलाराम तामाङलाई विशेष आभार प्रकट गर्दै सहभागी सबैलाई धन्यवाद दिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष महेन्द्र दुराले चितवन जिल्लामा रहेको १७ जनजाति मध्ये थारु र चेपाङ जाति बाहेक अरु जाति विभिन्न जिल्लाबाट आएका र उनीहरूको भाषा संस्कृतिको जगेर्नामा लाग्न आवश्यक रहेको बताउँदै तामाङ पत्रकार संघ यो अभियानमा सक्रिय रहँदै आएकोमा शुभकामना व्यक्त गरे।

तामाङ पत्रकार संघ चितवनले जेठ २७ देखि असार १ गतेसम्म सञ्चालन गरेको भाषा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक कानुन व्यवसायी अधिवक्ता अजय कुमार तामाङले सहभागीहरुले सक्रिय सहभागिता रहेकोमा यो कार्यक्रम तामाङ भाषा संस्कृति साहित्य जगेर्ना गर्ने उद्देश्यले सफल भएको बताए र भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाेमा चितवनका तामाङ भाषी सबैको तर्फबाट धन्यवाद दिए।

कार्यक्रमका विशिष्ट अतिथि तामाङ पत्रकार संघ चितवनका संस्थापक अध्यक्ष एवम् हाल केन्द्रीय संघीय सचिव उर्गेन तामाङले यो भाषा प्रशिक्षण कार्यक्रमले उच्च सफलता हासिल गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न तामाङ पत्रकार संघ सदैव तत्पर रहेको स्पष्ट पारे।

 कार्यक्रममा सहभागी अतिथिहरु मगर संघ चितवनका अध्यक्ष रमेश राना, नेवार पत्रकार संघका सचिव सुनिल कुमार श्रेष्ठ प्रेस युनियन चितवनको सल्लाहकार सूर्य प्रसाद अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद कडेल, नेपाल तामाङ घेदुङ चितवनका उपाध्यक्ष नरजंग तामाङ, युवा पत्रकार तुलमान गुरुङ,आदिवासी जनजाति पत्रकार संघ चितवनको सह सचिव सबिता दरै लगायतका उपस्थित थिए।कार्यक्रममा सहभागी ५८ जना सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो।

तिन जना पत्रकारद्वय सूर्य प्रकाश कडेल र प्रेम प्रसाद कडेल र हिमाल कँडेललाई प्रमुख अतिथि भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले तामाङ टोपी लगाएर सम्मान समेत गरिएको थियो।

सहभागीको तर्फबाट रोमा तामाङ र सुजन थिङ्गले कार्यक्रममा तामाङ भाषामा अनुभूति मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन तामाङ पत्रकार संघ चितवनको सचिव प्रकाश तामाङले गरेका थिए।