नागरिकता विधेयकको सत्ता पक्षले राजनीतिकरण ग-याे:अध्यक्ष राजेन्द्र लिङ्देन

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाउनुभएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो।

त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो।

उहाँले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाउनुभयो।

अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्‍याउनुभयो।

अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो।