सेयर बजारमा सामान्य सुधार

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ। बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ।

बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो। जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ। अन्य उपसूचकहरु राताम्य देखिए।

बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रहेको छ।

बिहीबार अधिकांश होटलको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो।

सिटिजन्स म्यूचल फण्ड, इङ्वा हाइड्रो, नेष्डो समृद्ध लघुवित्तसहितका लगानीकर्ताले सर्वाधिक गुमाए। बिहीबार सोल्टी होटेल, हिमालयन डिष्ट्रलरी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ।