सुन चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ त कारोबार?

काठमाडौं ।आज शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ।

यसैगरी तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९५० बाट घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला कायम छ।