साफ च्याम्पियनसिप: भारतसँग पराजित भएसँगै नेपाल बाहिरियो

काठमाडौं। भारतसँग २-० ले पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ।

बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं मिनेटमा गोल गरे भने ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे।

 

अघिल्लो खेलमा नेपाल कुवेत ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणमा पाकिस्तानसँग खेल्न बाँकी छ।