फेरि बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं। आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो।

आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६५० र चाँदीको मूल्य १३ सय ५० रुपैयाँ प्रतितोला कायम भएको छ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुन र १३ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।