सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

सुर्खेत। पुर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षकाे बजेट ल्याएको छ। सिम्ता गाउँपालिकाकाे १३ औं गाउँसभाकाे अधिवेशनबाट कुल बजेट ५८,१७,७०,७०,३५० विनियोजन गरेको छ। विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/- छुट्याइएको छ।

  १३ औं गाउँसभा गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले उद्घाटन गर्नुभएको थियाे। उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले विनियोजित बजेट प्रस्तुत गर्नुभएकाे छ।  

सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। गाउँ सभाको सञ्चालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन्।

सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गर्दै विशेष प्राथमिकतामा राखेको छ। गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ।