निर्वाचन कार्यालय सीडीओको मातहतमा राख्ने प्रस्ताव खारेज हुन्छ: सांसद लेखक

काठमाडौं। सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने प्रस्ताव सरकारले खारेज गर्ने बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा उनले आज अर्थमन्त्री डा। प्रकाशशरण महतले सदनमा बोल्ने र बजेटमा गरिएको उक्त प्रस्ताव खारेज गरिने जानकारी दिए।

उनले भने,निर्वाचन आयोगमा सर्वदलीय बैठकमा यो कुरा भएको छ। त्यहाँ पनि निर्वाचन आयोगको निष्पक्षताको विषयमा सबै क्षेत्रलाई हेरेर बेग्लै र स्वतन्त्र राख्ने र तदनुरुप काम गरेर अघि बढ्ने निर्णय भएको छ, हस्ताक्षर भएको छ।

आज अर्थमन्त्रीले जवाफ दिने क्रममा निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्ष बनाउन स्वतन्त्र कार्यालय अघि बढाउनुपर्छ,कुनै अन्य कार्यालय मा गाभिने छैन भनेर प्रतिबद्धता व्यक्त गर्नुहुनेछ। यो सरकारको पनि प्रतिबद्धता हुनेछ। कांग्रेस पनि यसको पक्षमा छैन।