एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने

काठमाडौं। मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ।समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग हुन लागेको हो।

नेपालले समुह बीको दोस्रो स्थानमा रहेको सिंगापुरसँग सोमबार (३ जुन) मा सेमिफाइनल खेल्नेछ। नेपालको खेल बायोमास ओभल क्रिकेट मैदानमा हुनेछ।

समूह बीको विजेता हङकङले भने घरेलु टोली मलेसियासँग खेल्ने छ।समुह ए र बी को तेस्रो स्थानमा रहेका थाइल्यान्ड र इन्डोनेसियाबीच प्ले अफ खेल हुनेछ।

यो खेलमा जित्ने टिम पाँचौ हुनेछ भने पराजित टिमले समुह बीको चौथो स्थानमा रहेको माल्दिभ्ससँग सातौ स्थानका लागि खेल्नेछ।