जनताको सुख कम्युनिस्टको हातमा छ: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी पूरा गर्न सक्ने जिकिर गरेका छन्।

अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने र त्यसो गरे कम्युनिष्ट पार्टीले जनताको जीवनलाई सुखी बनाउन सक्ने उनको भनाई छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी नै रहेको बताए। सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने उनको भनाई छ।