काठमाडौं महानगरले ग-यो यी दुई सहकारी संस्थाको दर्ता खारेज

काठमाडौं। काठमाडौं महानगरपालिकाले दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाको शहकारी विभागले सूचना प्रकाशित गर्दै सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरुको दर्ता खारेज गरेको हो।

दर्ता खारेज हुने सहकारीमा श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेड रहेका छन्।

महानगरले यी संस्थाले तिर्नुपर्ने दायित्व उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखि कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले महानगरको सूचनाको आधार मानि १५ दिनभित्र विभागमा सम्पर्क गर्न समेत अग्रह गरेको छ।

अन्यथा खारेजी पश्चात कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने समेत सूचनामा उल्लेख छ।