मुगु जिल्लाबाट २ सुत्केरी महिलाको उद्वार

फाइल तस्वीर

काठमाडौं।जिल्ला मुगुमा सोमबार हेलिकप्टर मार्फत दुई जना सुत्केरी महिलाको उद्वार गरिएको छ। छायानाथ रारा नगरपालिका वडा नं २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्वार गरिएको हो।

दुबै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको र एक जना सुत्केरी महिलाको बच्चा तेर्सो परेको, अर्को सुत्केरी महिलाको जन्मेको शिशुको टाउँको ठुलो भएको बच्चा ४ केजि भन्दा बढिको भएको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा.कमल ढुंगानाले बताए।

यहाँको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनिहरु लाई उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए।