सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन वामदेव गौतमको आह्वान

फाइल तस्वीर

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ।

आईतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक÷दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताउनुभयो।

नेता गौतमले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरु मिलेर मात्रै सम्भव रहेको बताउनुभयो।

उहाँले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरु एउटा मोर्चामा आउन जरुरी रहेको बताउनुभयो ।

उहाँले समाजवादी मोर्चामा दुई /तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बतउनुभयो।

नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरु एक भएर शक्ति आर्जन गर्नुपर्ने बताउनुभयो ।