रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना,१५ जना घाइते

काठमाडौं। रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइने भएका छन्। तीन जना भने गम्भीर रहेका छन्।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो दुर्घटना भएको हो।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए। उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ। उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ।

बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।