सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा (सूचीसहित)

काठमाडौं ।सशस्त्र प्रहरीका ८२ जना प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूह र साधारण उपसमूहका ८२ जनालाई सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस भएकाहरुमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन बढुवा समितिको सचिवालयले आग्रह गरेको छ।