अखिल (क्रान्तिकारी)को मकवानपुरमा एकता भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं। अखिल(क्रान्तिकारी)ले मकवानपुर जिल्लाको एकता भेला तथा प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न गरेकाे छ। उक्त भेलाको अध्यक्षता मकवानपुर जिल्लाका संयोजक सन्ध्या देवकोटाले गर्नु भएको थियो भने,उक्त कार्यक्रमको प्रमुख आतिथ्यता अखिल(क्रान्तिकारी)की केन्द्रीय सहसंयोजक तथा वागमती प्रदेश इन्चार्ज शिलु न्यौपानेले गर्नुभएकाे थियाे।

उक्त भेला कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी मकवानपुर जिल्ला इन्चार्ज गगनको विशेष आतिथ्यता, क्रान्तिकारी कम्युनिष्ट पार्टी केन्द्रीय सल्लाकार, अखिल(क्रान्तिकारी)का वागमती प्रदेश संयोजक उषा किरण आजाद कामी, मकवानपुर जिल्ला कार्यलय सदस्य शक्ति,जवस फ्याक्सन इन्चार्ज पहलाद गौतम,अखिल(क्रान्तिकारी) उपत्यका पश्चिम कमान्डर विकल्प लगायत अन्य जिल्ला स्थरिय नेताहरुको समेत उपस्थितमा जिल्लाको भेला सम्पन्न भएको थियो।

भेलाले सन्ध्या देवकोटाको संयोजक र प्रशान्त दाहाल सहसंयोजक रहेकाे  २१ सदस्यीय कमिटी चयान गरेको छ। भेलाले शैक्षिक माफियाहरु विरुद्ध शशक्त आन्दोलन गर्दै शिक्षा अनिवार्य,नि:शुल्क र सर्वसुलभ वनाउन अखिल(क्रान्तिकारी)मकवानपुर जिल्ला संगठन समिति निरन्तर संघर्षमा लाग्ने र अखिल(क्रान्तिकारी)को लाल किल्ला बनाउन सवै विद्यार्थीहरूलाइ संगठित गरेर अगाडी बढ्ने निर्णय गर्दै अखिल (क्रान्तिकारी) को भेला तथा प्रशिक्षक कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रम मकवानपुर जिल्ला सहसंयोजक प्रशान्त दाहालले सञ्चालन गर्नु भएको थियो।

अखिल(क्रान्तिकारी) वागमती प्रदेशले धादिङ,चितवन,मकवानपुर जिल्लाको भेला सम्पन्न गरिसकेको छ भने काठमाडाैंको विभिन्न सामुदायिक क्याम्पसहरुमा संगठन निर्माण तथा विस्तार गर्ने कार्यलयहरु संचालन भै रहेको छ।