मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, घाइते र मृतकको पहिचान खुल्यो

काठमाडौं।मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएकाे छ। जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।