पूर्वप्रधानमन्त्रीलाई छानबिनमा ल्याउने सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छ्न्।विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ।

उनको ‘भावुक’ हुने स्वाभाविक बानी त छँदै थियो, यसपटक त साँच्चिकै भावुक भएको प्रदर्शन गर्न चाहेको पनि देखियो ।यसक्रममा अत्यन्तै विवादास्पद हुनसक्ने तर गम्भीर अर्थ राख्ने अभिव्यक्ति दिन पनि उनी पछि परेनन्। अर्थतन्त्रलाई लिएर उनको भनाइको सारांशमा जाने हो भने अर्थतन्त्र सुधारोन्मुख छ तर, गम्भीर अवस्थामा छ।

चिन्ताजनक अवस्थामा रहेका भिआइपी बिरामीको स्वास्थ्य बुलेटिनमा अस्पतालहरू भन्ने गर्छन्,स्वास्थ्यवस्था गम्भीर छ तर स्थीर। प्रधानमन्त्रीको भनाइ पनि ठिक यस्तै छ।

सम्भवतः यसभन्दा बढी सकारात्मक कुरा गर्ने अवस्था छैन होला। यस भनाइमा उत्साह छ अथवा उपचार गरिरहेका चिकित्सकलाई आफ्नो उपचार विधिबारे विश्वास छ सम्म भन्न पनि कठिन छ।

उनले व्यक्त गरेका दुई उद्गारहरूबाट त स्वयं उनलाई ठूलो अप्ठेरो पर्नसक्ने देखिन्छ। ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि छानबिनको घेरामा ल्याउन सकिने भन्ने सर्वोच्च अदालतको फैसलाप्रति उनी स्पष्ट रूपमा असन्तुष्ट देखिए।

यो समाचार आजको राजधानी दैनिकमा छ।