महिला टि–ट्वेन्टी क्रिकेट: नेपाल र कुवेत आज भिड्दै

फाइल तस्वीर

काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपाल र कुवेत भिड्दैछन्।

पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्‍याउन चाहन्छ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबाार भएको खेलमा हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन्। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन्। बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन्।

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप चारदेशीय टी–ट्वेन्टी श्रृंखला भइरहेको हो। श्रृंखलामा नेपाल र हङकङसहित मलेसिया र कुवेत रहेका छन्।