देउराली सहकारीका अध्यक्ष चौलागाईं भन्छन्, यी ९ जना मिटरव्याजिहरुले सहकारी डुबाए

काठमाडौं। लितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्नेमा सहकारीकै पूर्वकर्मचारी र मिटरव्याजीहरु रहेको खुलासा भएको छ।

सहकारी क्षेत्रका सफल सञ्चालक एवम् कुसल व्यावशायी अध्यक्ष रबिन्द्र चौलागाईंको सोझोपनको फाइदा उठाउँदै ललितपुरका केही मिटरव्याजिहरुले सहकारीमा आर्थिक संकटपरेपछी केही रकम सहयोग गरेपनि अध्यक्ष चौलागाईंलाई डर,धाक,धम्की र त्रास देखाई जबर्जस्ती चेकमा हस्ताक्षर गराएको खुलेको छ।

उक्त हस्ताक्षर भएको चेकमा आफू खुसी सहकारीमा बचत रहेको रकम भन्दा दश गुणा बढी रकम राखेर चेक बाउन्स गराई राज्यलाई नै गुमरामा राख्दै आएको खुलासा भएको छ।

नेपालमा विगत केही समय अगाडि नाकाबन्दी,२०७२ सालमा भुकम्प र त्यसपछि विश्व महामारीको रुपमा फैलिएको कोभिड– १९ बाट देशमा आर्थिक संकट उत्पन्न भएकाे सबैलाई अवगतनै रहेकाे छ।

देशमा वितिय संकट उत्पन्न भएकै कारण हाल एकपछि अर्को सहकारीका सञ्चालकहरु फरार भईरहेको अबस्थामा ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं भने संस्था र संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्नेहरु बिरुद्ध डटेर लडिरहेको स्वयं चौलागाईंले बताएका छन्।

चौलागाई भन्छन, सहकारीकै पूर्वकर्मचारी र मिटर व्याजीहरु मिलेर देउराली सहकारी डुवाउन लागि परे यस विषयमा सुक्ष्म अनुसन्धान गरि रहेको बताए। 

सहकारी क्षेत्रकै सफल सञ्चालक एवम् कुसल व्यावसायी भनेर चिनिने हाल देउराली सहकारीका अध्यक्ष समेत रहेका रबिन्द्र चौलागाईंको सोझोपनको फाइदा उठाउँदै ललितपुरका केही मिटरव्याजीहरुले सहकारीमा आर्थिक संकटपरेपछी बचतको रुपमा केही रकम सहयोग गरेपनि अध्यक्ष चौलागाईंलाई डर,धाक,धम्की र त्रास देखाई जबर्जस्ती चेकमा हस्ताक्षर गराई उक्त हस्ताक्षर भएको चेकमा आफू खुसी सहकारीमा बचत रहेको रकम भन्दा दशगुणा बढी रकम भरी चेक बाउन्स समेत गराई राज्यलाई नै गुमराहमा राख्दै आएको खुलासा चौलागाईंले स्वयंले गरेका छन।

चौलागाईंले मिटर व्याजीको आरोप लगाँदै भनेका छन्। ललितपुरको सातदोबाटोलाई आधार ईलाका बनाई मिटरव्याजी धन्दामा सक्रिय १२ जना मिटरव्याजीहरुले सहकारीको बचत रकमको ३०० प्रतीशत सम्म व्याजलिई मेरो पाँचवटा गाडी,घर,जग्गा,जमिन हडप्ने दुस्साहस पुर्ण कार्य गरेर यसबाट म आजित हुँदै जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता गर्न बाध्य भएकाे बताएका छन्।

उक्त मुद्दा दर्ता गरेपछि ललितपुरका ३ जना नामुद मिटर व्याजीहरुले आत्मा-अलोचना गर्दै बढी लगेको रकम फिर्ता गर्ने सर्तसहित मिलापत्र गरेकाे अध्यक्ष चाैलागाईंले बताएका छन्।

उनले भने बाँकी ९ जना मिटरव्याजीहरुले ललितपुर जिल्ला प्रशासनको आदेशलाई समेत नटेरेर धोती लगाँदै सहकारी लाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरी गुमनाम बसेकाे बताए।  

चौलागाईंले ठाडो आरोप लगाउँदै भनेका छन् यी ९ जना मिटर व्याजीहरु हुन् – हितेश केसी,विशाल नारायण भारी,विवेक केसी,रुविन महर्जन,सुमन महर्जन,सिताराम रावत,आशिष् प्रधान,मोहन घिमिरे,लगायतले देउराली सहकारी डुबान मुख्य भूमिका खेलेको बताए।  

देउराली सहकारीका सञ्चालक र अध्यक्ष चौलागाईं विरुद्ध मिटरव्याजीहरुले देखाएको वितण्डा र अनुचित लेनदेनको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र ललितपुर जिल्ला प्रहरी परीसर प्रमुख सँग बुझ्दा अनुचित लेनदेनको विषयमा कारबाही अगाडि बढी रहेको र प्रशासनमा परेको उजुरी माथि सत्य तथ्य छानबिन गर्दै चाँडै छलफल गर्नुका साथै अनुचित लेनदेनमा सङ्लग्न देखिए आवस्यक कारबाही  प्रक्रिया अगाडि बढाई पिडित लाई न्याय दिने विषयमा गम्भीर रहेको साे अधिकारीहरूले बताए छन्। 

त्यस्तै ललितपुरमा रहेर गुणडागर्दी गर्दै  मिटर व्याज लगाउने  र राजनीतिक आडमा विभिन्न क्रियाकलाप गर्ने गरेकाे अध्यक्ष रबिन्द्र चौलागाईंले बताएका छन्।