यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ।

  त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।