देउराली सहकारी डुबाउने मिटरव्याजीहरु अझै आएनन् प्रशासनको सम्पर्कमा,अब प्रहरीले पक्राउ गरि कारबाही अगाडि बढाउँछ: अध्यक्ष चौलागाईं

काठमाडौं। लितपुरको रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्ने सहकारीकै पूर्वकर्मचारी र मिटरव्याजीहरु विरूद्ध जिल्ला प्रशासन कार्यलय ललितपुरमा अध्यक्ष रबिन्द्र चौलागाईंले उजुरी दिएका थिए। सो सहकारीका अध्यक्ष चौलागाईंले गत असार १२ गते जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका हुन।

सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंका अनुसार ललितपुरका केही मिटरव्याजीहरुले डर, धाक, धम्की र त्रास देखाई जबर्जस्ती चेकमा हस्ताक्षर गर्न बाध्य पारेर चेक लगेका थिए।

उक्त चेकमा आफू खुसी सहकारीमा बचत रहेको रकम भन्दा दश गुणा बढी रकम राखेर चेक बाउन्स गराई राज्यलाई नै गुमराहमा राखेको अध्यक्ष
चौलागाईंले बताएका छन्। उनले यस विषयमा ललितपुर जिल्ला प्रशासनले सुक्ष्म अनुसन्धान गरि कारबाही अगाडि बढाउँदै गर्दा मिटर व्याजीहरु केही दिनदेखि बेपत्ता रहेको अध्यक्ष चौलागाईंले आरोप समेत लगाएका छन्।

चौलागाईंले गत असार १२ गते देउराली सहकारी डुबाउने मिटरव्याजीहरूको नाम किटान गर्दै १२ जना मिटरव्याजीबिरुद्ध जिल्ला प्रशासन कार्यलय ललितपुरमा उजुरी हालेकामध्ये तीनजना मिटरव्याजीहरुले आफूले लगेको चलनचल्ती व्याज भन्दा माथिको व्याज फिर्ता गरि मिलापत्र गरेका थिए।

अन्य १२ जना मिटरव्याजीहरु सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले पक्राउको लागि जिल्ला प्रहरी परिसर जाउलाखेललाई जानकारी समेत गरि सकेको अध्यक्ष चौलागाईंले बताएका छन्।

अध्यक्ष चौलागाईंले जिल्ला प्रशासन कार्यलय ललितपुरमा उजुरी हालेका यी हुन् मिटरव्याजीहरू  

१-सिताराम राउत: चलनचल्ती भन्दा बढी व्याजलिई ४० करोड रुपैया भन्दा बढी नगद रकम लिएको।

२-देवेन्द्र आचार्य: ५ र‍‍ोपनी जग्गा र १५ करोड नगद नगद रकम लिएको।

३-विवेक केस : नगद रकम १० करोड र टोयोटा कम्पनीको VX गाडी लिएको।

४-विशल नारायण भारी: ५ आना जग्गा र ६ करोड रुपैया नगद लिएको।

५-मोहन घिमिरे: टोयोटा कम्पनीको हाईलक्स गाडी र नगद ५ करोड लिएको।

६-सुमन महर्जन: ३० करोड नगद रकम लिएको।

७-रवि महर्जन: ४० करोड नगद रकम लिएको।

८-सञ्जय महर्जन: ६ करोड नगद लिएको।

९- यस्तै कमला खत्री ,हितेश केसी र मञ्जु भण्डारी सम्पर्क बाहिर रहेको चौलागाईंको जनाएका छन्। 

अध्यक्ष चौलागाईँले भने,ललितपुरको सातदोबाटोलाई आधार ईलाका बनाई मिटरव्याजी धन्दामा सक्रिय १२ जना मिटरव्याजीहरुले सहकारीको बचत रकमको ३ सय प्रतिशतसम्म व्याज लिई मेरो पाँचवटा गाडी, घर, जग्गा, जमिन हडप्ने दुस्साहस गरे। यसैले मैले जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता गर्न बाध्य भएको हुँ।

उनका अनुसार ९ जना मिटरव्याजीहरुले ललितपुर जिल्ला प्रशासनको आदेशलाई समेत नटेरी हाल फरार रहेको बताएका छन् ।

चौलागाईंले आरोप लगाउँदै भनेका छन् यी ९ जना मिटर व्याजीहरु हितेश केसी, विशाल नारायण भारी, विवेक केसी, रुविन महर्जन, सुमन महर्जन, सिताराम रावत, आशिष् प्रधान, मोहन घिमिरे, लगायत हुन्।

देउराली सहकारीका सञ्चालक र अध्यक्ष चौलागाईं विरुद्ध मिटरव्याजीहरुले देखाएको वितण्डा र अनुचित लेनदेनको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र ललितपुर जिल्ला प्रहरी परीसर प्रमुखसँग बुझ्दा अनुचित लेनदेनको विषयमा थप अनुसन्धान गरेर कारबाही अगाडि बढाउने बताएका छन्।

त्यस्तै ललितपुरमा रहेर गुणडागर्दी गर्दै मिटर व्याज लगाउने र राजनीतिक आडमा विभिन्न क्रियाकलामा गर्दै आउनेहरूले आफ्नो सहकारीमा पनि त्यस्तै क्रियाकलाप देखाएको अध्यक्ष रबिन्द्र चौलागाईंको आरोप छ।

मुलुकमा वितिय संकट देखिदा सहकारी क्षेत्र बढि धरमराएको देखिन्छ। सहकारीका सञ्चालकहरु फरार भईरहेको खबर मिडियामा आइरहेका छन्।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं भने संस्था र संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्नेहरु बिरुद्ध डटेर लडिरहेका छन्।

चौलागाई भन्छन,सहकारीकै पूर्वकर्मचारी र मिटर व्याजीहरु मिलेर पटकपटक देउराली सहकारी डुबाउन लागि परेको अध्यक्ष चौलागाइले बताएका छन्। यस विषयमा आफु पनि सुक्ष्म अनुसन्धान गरिरहेको उनले बताएका छन्।