आज सुनचाँदी बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।