विमानस्थल भन्सार कार्यालयका थप ३ जना कर्मचारी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ परेका छन । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० ले पक्राउ गरेको हो।

सिआइबीका अनुसार भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार पक्राउ रहेका छन्। ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो।