मुगुको लुम्सा गाउँका बाढी पहिरोले विस्थापित ३४ घर परिवारलाई अन्तै सारियो

काठमाडौं। मुगु जिल्लाकाे छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई सरकारले स्थानान्तरण गरेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले मुगूम कार्मारोङ गाउँपालिका–९ चिमाथमा ३४ वटा घर निर्माण गरेर लुम्साका विस्थापित परिवारलाई स्थानान्तरण गरेको हो।

भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दलित आवास कार्यक्रम अन्तर्गत प्रतिघर पाँच लाख रुपैयाँका दरले घरहरू निर्माण भएका छन्।

विसं २०३६ साल,२०६३ साल गरी विभिन्न समयमा आएको पहिरोबाट यो गाउँ जोखिममा परेको थियो। स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा दुई वटा घर भत्किनुका साथै बस्ती नै जोखिममा परेको थियो।

भवन निर्माण आयोजना जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढि पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको पेरेपानी कासीघर नाउलामा स्थानान्तरण गरिएकाे बताए।

उनले भने पूर्वाधार सहित आवास निर्माण कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरेर बाढी पीडीत घर-परिवरलाइ हस्तातरण गरिएको छ।