सरकार तस्करी र कमिशनमा आफै संलग्न छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन्।

तेजाब आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको बताए।

सरकारले अनेक किसिमका स्टन्टबाजी मात्रै गर्ने गरेको भन्दै उनले सुशासन र विकासका बाटोतर्फ लाग्न सरकारलाई सुझाव दिए।

अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए।

उनले तेजाब आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए।

साथै उनले राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन सञ्चारमाध्यमलाई सुझाव समेत दिए।