तीजको अवसरमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज,पहिलो हुनेले ४० हजार पाउने

काठमाडौं । नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा टिकटक च्यालेन्ज आयोजना गरेको छ। आइतबारदेखि सुरु भएको तीजको लहर टिकटक च्यालेन्जु असोज ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिस्पर्धामा सहभागी हुन टेलिकमको आधिकारिक टिकटक अकाउन्टमा गई नेपाल टेलिकमको तीजको लहर। अडियोमा टिकटक बनाउनुपर्नेछ। पोस्ट गर्नुअघि क्याप्सनमा @ nepal -telecom लाई ट्याग गर्ने र ह्यासट्याग #teejwithnepaltelecom प्रयोग गर्नुपर्ने छ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्।

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने कम्पनीले जनाएको छ।