अवैध लागूऔषधसहित पाँच जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले पाँच जनालाइ पक्राउ गरेको छ। बुद्धशान्ती गाउँपालिका -७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २८ का आषिश राईलाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठामा खान तलासी लिने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो।

त्यस्तै विराटनगर महानगरपालिका-२ ईदगाह चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४७ पिस, नुर्फिन १ सय ४७ पिस र फेनारगन १ सय ४७ पिससहित बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५० वर्षीय प्रदिप बोहरा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको हाे।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ।

त्यसैगरी बलानबिहुल गाउँपालिका-१ मल्हनियाँ स्कुलटोलस्थित सडकबाट फेनारगन १ हजार १ सय ७५ एम्पुल, डाइजेपाम १ हजार १ सय ७५ एम्पुल,बुप्रेनुर्फिन १ हजार १ सय ७५ एम्पुलसहित ३० वर्षीय राजेन्द्र रामलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले स.१ ह ३६८६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक रामलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

साथै अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका थप १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।