सम्पर्कविहीन २ जना डाक्टरलाई हाजिर हुन गृहको निर्देशन

काठमाडौं। गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ।

बुधवार गृहले सूचना प्रकाशित गरी डा. केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. ज्ञवालीलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको हो।