सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो। यो ०.२६ प्रतिशतको वृद्धि हो।

सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन।

सोमबार कुल २८६ धितोपत्रको ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ।

सोमबार सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।

पिपुल्स हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ।