त्रिदेशीय टी–२० शृंखला आजदेखि, यूएईसँग खेल्दै नेपाल

फाइल तस्वीर

काठमाडौं।त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदैछ। विश्वकप टी–२० छनोटको तयारीअनुरूप सो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन्। शृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ। २ गते र ४ गते हङकङसँग खेल्नेछ।

नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन्। शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्। शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ। अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन्।