नेपाल र जापानबीचको खेल वर्षाले प्रभावित

काठमाडौं ।मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले प्रभावित भएको छ।

मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो।खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ।

नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए ।आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् ।

जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एकरएक विकेट लिएका छन् ।