बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

सांकेतिक तस्बिर

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोही नगरपालिका–८ रापकका भरतबहादुर रावल र वीरबहादुर रावलको घरमा विद्युत्को तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

आगलागी भएको खबर प्रहरीलाई गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।

आगो नियन्त्रणमा सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ। आगो लागेर करिब चार लाख बराबरको क्षति भएको छ।

विद्युत्को तार सट भएपछि आगलागी भएको हो। आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप पारेको सेनानी सिंहले बताए। रासस