रवि लामिछानेको अगाडि निरीह बनेको देशको कानुन

फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा सबै सीट आफ्नो पार्टीले जित्ने बताएका छन्। केही दिनअघि एउटा कार्यक्रममा बोल्दै उनले सबै सीट रास्वपाले नै जित्ने बताएका हुन्।

लामिछाने लामो समय अमेरिका बसेर आएका व्यक्ति हुन्। अमेरिका जानुअघि उनी दरबारिया थिए। उनलाई ‘खंखुर’ राजावादीको रुपमा चिनिन्थ्यों।

अमेरिकाबाट फर्किएपछि उनले नेपालमा पत्रकारिता गरे। टेलिभिजन प्रस्तोताका रुपमा व्यापक चर्चा कमाएका उनले शुरुदेखि नै व्यापारीहरुसँग पैसा उठाउने गरेको कुरा जोकोही पनि बताउँछन्। अमेरिकाको नागरिकता र राहदानी लिइसकेका उनी भिजिट भीसामा विसं २०७१ सालमा नेपाल आए। तर, घरायसी मामिलाका कारण उनी पुनः अमेरिका फर्किएनन्, यतै बसे।

कुनै नेपाली नागरिकले अन्य मुलुकमा गएर त्यहाँको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था नेपाल सरकारले गरेको छ। तर, लामिछानेको हकमा यो लागु भएन्।

उनले नेपाल आएर टेलिभिजन प्रस्तोताको रुपमा काम गरे । यद्यपि, नेपाली नागरिकता लिन चासो देखाएनन् । अमेरिकी नागरिक भएरै उनले टेलिभिजनमा कार्यक्रम चलाए।

नेपालको कानुनलाई उनले जानाजान लत्याएको स्पष्ट छ। सुशासन र सदाचारिताको विषयमा ठूल्ठूला कुरा गर्ने उनले नै नेपालको कानुन टेरेनन् । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदा उनले नेताहरुलाई बेस्सरी गाली गर्थें। विदेशमा अलपत्र परेका नेपालीलाई आफूले नेपाल फर्काएको भन्दै नौटंकी गर्ने उनी जहिले उग्र रुपमा प्रस्तुत हुन्थें। उनले त्यहाँ हुँदा अंकुत सम्पत्ति कमाए।

नेता, व्यापारी, निर्माण व्यवसायी, कर्मचारीहरुबाट घुस खाएर थुप्रै सम्पत्ति जोडे। उनी कतिसम्मको व्यक्तिः आफूसँगै काम गर्ने पत्रकार शालिग्राम पुडासैनीलाई उनले मर्न बाध्य बनाए।

उनको दबाब सहन नसकेर पुडासैनीले आत्महत्या गरे। तर, सबुत हुँदाहुँदै पनि नेपालको कानुनले दोषीलाई कारबाही गर्न सकेन्। पत्रकार पुडासैनीले यथार्थ खोले तर केही काम लागेन्।

उनले आत्महत्या गर्नुअघि तयार पारेको एउटा भिडियो सार्वजनिक भएको थियो। जसमा लामिछानेको कारण आफू मर्न बाध्य भएको भनि उनले खुलाएका छन्।

उनले भिडियो त बनाए तर केही फरक परेन्। आँखामा पट्टी बाँधिएका जनताको भीडलाई सडकमा उतारेर लामिछाने उम्किए । लामिछानेको अगाडि मुलुकको न्याय प्रशासन नै डगडग काप्यो। प्रमाण हुँदाहुँदै पनि देशको कानुनले उनलाई छुन सकेन्।

त्यो घटनाबाट उनको पावर पुष्टि भइसकेको थियो। उनी ठूलै पहुँच भएको व्यक्ति रहेछन् भन्ने कुरा सर्वसाधारणले बुझिसकेका थिए । मर्ने मरेको मर्यै भए।

त्यसलाई नै खुड्किलो बनाएर लामिछाने राजनीतिमा आए । जहाँ पुडासैनीले आत्महत्या गरेका थिए, त्यही क्षेत्रमा उनले चुनाव लडें। हिजो मुलुकमा राजनीतिक परिवर्तन गर्ने बेला उनी कहाँ थिए ? २०६२–६३ सालमा जनआन्दोलन हुँदा उनी अमेरिकामा मोजमस्ती गरिरहेका छन्।

जसले एक थोपा रगत बगाएको छैन्, एक दिन भूमिगत गएको छैन्, जेल परेको छैन्, आफन्त गुमाएको छैन्, उसले ठूला कुरा गरेर हुन्छ ? राजतन्त्र फ्याल्न पूराना नेताहरुले धेरै संघर्ष गरे।

उनीहरुले कदम नचालेको भए आजपनि पूरानै व्यवस्था हुन्थ्यों। अर्काले व्यवस्था ल्याइसकेपछि राजनीतिमा भित्रिने रवि लामिछानेको कुरा कसले पत्याउँछ ? जनतालाई उनले अनपढ ठानेका छन् ?

एउटा उखान छ,‘दुःख गर्ने कालु, मकै खाने भालु’ लामिछानेको कुरा ठ्याक्कै त्यस्तै छ। चुनाव जितेर आउनेबित्तिकै लामिछाने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री खान पुगें।

नागरिकताको विवादमा परेका उनको सबै पद सर्वोच्च अदालतले खाइदियो। पार्टी सभापतिदेखि लिएर सांसद, उपप्रधान र गृहमन्त्रीको पद गुमाए।

उनले सिडियो कार्यालय, काठमाडौंमा निवेदन दिए, नागरिकता लिए । नागरिकता लिनेबित्तिकै वालुवाटार धाउने क्रम शुरु भयो। अन्य मन्त्री नखाने, गृहमन्त्री नै चाहिने अडान कसेपछि प्रचण्डले मानेनन्।

उनी गुलामी गरिरहेका थिए तर प्रचण्डले ‘रेस्पोन्स’ नै गरेनन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब दिन थाले। त्यतिबेला प्रचण्ड र ओलीको मिलीजुली सरकार थियो।

प्रचण्डले अरु मन्त्री खानुस् भनेपछि उनले आफ्नो पार्टीबाट मन्त्री बनेको सबैलाई फिर्ता बोलाए। आफूले नपाउँदाको रिस उनले अरुमाथि निकाले। चितवनमा निर्वाचन आयोगले पुनः उपनिर्वाचन गराउनुपर्ने भयो। २०८० वैशाख १० गते उपनिर्वाचन भयो। जनताले तिरेको करोडौं रुपैयाँ कर फोगट्टे खर्च भयो। अर्कोतिर, मतदाताले फेरि गएर मतदान गर्नुपर्ने भयो।

यसको दोषी को ? रवि लामिछाने हुन् । उनले पहिल्यै नागरिकता लिइदिएको भए जनताले तिरेको कर खेर जाँदैनथ्यो । न जनताले दोहोर्याएर दुःख पाउथें।

आफू गल्ती गर्ने अनि दुःखचाँहि जनतालाई दिने । कति राम्रो सोचविचार भएका व्यक्ति हुन् । चुनाव जितेर आइसकेपछि पनि उनको दौडधुप शुरु भयो।

मन्त्री पाइन्छ कि भनेर उनी कहिले कांग्रेसका सभापति शेरबहादुर देउवा त कहिले ओली भएकोतिर पुग्थें।तर, उनको केही लागेन्।आफ्नै पार्टीका सांंसदको समेत उनी खोइरो खन्न पछि हट्दैनथें।

सांसद स्वर्णिम वाग्लेले संसद्मा अर्थतन्त्रको विषयमा बोलेका थिए, लामिछानेले उनको सातो खाइदिए। अर्थविद् एवं अर्थ मन्त्रालयको सचिव भइसकेको व्यक्तिले अर्थको विषयमा बोलेका कुरा वास्तविक थिए।

रवि लामिछानेलाई पचेन्। उनले वाग्लेलाई निकाल्न मात्र बाँकी थियो। आफ्ना पार्टीका सांसदलाई स्वीकृतिबिना मिडियामा भनाइ राख्न नपाउने भनेर अंकुशे लगाए।

देशमा लोकतन्त्र, गणतन्त्र आइसकेको छ। नेपालको संविधानले बोल्न स्वतन्त्रता दिएको छ। उनले त राजा जस्तै सिँधै निर्णय लादिदिए । सांसद हुनुअघि उनीहरु नेपाली जनता हुन्।

संविधानले नै बोल्ने अधिकार दिएको छ भने लामिछाने रोक्न खोज्ने को हुन् ? उनले सांसदहरुलाई नियन्त्रण गर्न खोजे । जसका कारण उनको पार्टीबाट चुनाव जितेर आएका सांसदहरुले आफ्नो कुरा सदनमा खुलेर राख्न सकेका छैनन्।उनीहरुले पिँजरामा हालेको चराजस्तै भएका छन्।

पार्टीले टिकट दिएपनि जिताउने जनता हुन्। जनताको कुरा उठाउनु उनीहरुको दायित्व हो। पार्टीको सभापतिको कुरा होइन्, जनताको कुरा सांसदहरुले उठाउनुपर्छ। रास्वपालाई भोट दिएर जिताउने मतदाताहरु निराश भएका छन्। उनीहरुले आफ्ना समस्या नउठाउँदा भोट दिएकोमै थुकथुकी गर्न थालेका छन्।

काठमाडौं क्षेत्र नम्बर २ एकदमै महत्वपूर्ण क्षेत्र हो। त्यसलाई विद्धानहरुको क्षेत्र भनिन्छ । वरिष्ठ नेताहरुले चुनाव जितेको ठाउँमा सोबिता गौतमले बाजी मारिन्। तर, उनले के काम गरिन् ?

अहिले चुनाव जितेको ठाउँमा दोहोर्याएर उनीहरुले जित्दैनन्। अनि कसरी पहिलो पार्टी बन्ने ? कि त बुथ कब्जा गर्नुपर्यो। दिँउसै अध्ँयारो पार्नें कुरा गरेर हुन्छ ? चुनाव जितेर आएर सरकारमा नगएको भएपनि जनताले विश्वास गर्थें।

विपक्षीमा बसेर जोडतोडका साथ जनताको कुरा उठाएको भए जनतामा प्रभाव पथ्र्यों। उनी सरकारमा गए। नागरिकताको विवाद ननिस्किएको भए उनले अहिलेपनि गृहमन्त्री खाइरहेको हुन्थें।

जनताले उनलाई के आधारमा विश्वास गर्ने ? पहिल्यैदेखि विवादमा तानिएका उनमाथि विश्वास गर्ने कुरा आधार छैन् । अदालतले पद खाएको झोकमा उनले पत्रकार सम्मेलन गरेर मिडियालाई जथाभावी गालीगलौज गरे।

मिडियाले उनलाई त नागरिकता नलिनु भनेको थिएन् । कानुन नमान भनेका थिए । गल्ती आफ्नो अनि गाली अरुलाई गर्न सुहाउँछ ? उनले जनतासँग माफी माग्नुपथ्र्यों।

गल्ती स्वीकार्नुपथ्र्यो। तर, उनले जनताको दिमाग नै घुमाइदिए। खुरापाती दिमागको प्रयोग गरेर कहिलेसम्म जनतालाई झुक्काउने ? लामिछाने पटकपटक कानुनबाट उम्किए। उनको अगाडि देशको न्यायालयदेखि प्रशासनसम्म निरीह बन्यो। उनी कानुनभन्दा माथि भए।