श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सांकेतिक तस्वीर

अछाम। अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन्।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) सन्तोष पाठकले बताए ।

मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।