दसैँ–तिहारको बिचमा ४३ हजार बढीले देश छोडे

सांकेतिक तस्वीर

काठमाडौं। यस वर्षको दशैं–तिहारमा परदेश जानेको संख्या ४३ हजार बढी देखिएको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जसमा पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेको विभागले जनाएको छ।

श्रम स्वीकृति मात्रै लिनेको संख्या भने कात्तिकमा २४ हजार ७८ जना छन्। जसमा २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन्।

१९ हजार ५४४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन्। विभागको तथ्यांक अनुसार त्यसरी श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेहरूमध्ये ३८ हजार ३२२ पुरुष र ५ हजार ३०० महिला रहेका छन्।

यस अवधिमा सबैभन्दा बढी यूएईका लागि ७ हजार ४१० जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै साउदी अरेबियाका लागि ३ हजार ५००, कतारका लागि २ हजार ४३४, मलेसियाका लागि ३ हजार ९७९, कुवेतका लागि १ हजार ४४८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।